المدة الزمنية 5:2

Kp Oli को Joke Vs नेपाली जनताको वास्तविकता-2 Subscribe

23 مشاهدة
0
2
تم نشره في 2020/09/11

Kp Oli को Joke Vs नेपाली जनताको वास्तविकता-2 videos credits: 1. /watch/crOn4wRDFAnDn 2. clips from different social media. ‘लकडाउनले के सिकायो र?’ ‘भोक सहन,’ यत्ति छिटो भने मानौं मैले के सोध्दैछु भन्ने उनलाई पहिल्यै थाहा थियो । तर, उनले भनेजस्तो भोक सहन सजिलो छैन । केही उपाय नभएपछि मान्छेले भोक सहन्छ । उनले पनि त्यसरी नै भोक सहिरहेका छन् । यसो भनिरहँदा उनी आफैं भोकले छटपटाइरहेका थिए । खाना खानकै लागि बौद्ध, नयाँ बस्तीबाट डेढ घण्टा हिँडेर खुलामञ्च आइपुगेका थिए । अनि हाम्रो अगाडि बिहीबार उनीजस्तै कम्तीमा दुई सय जना थिए, जो भुइँमा बसेर रित्तो पेट भरिरहेका थिए । निःशुल्क खाना वितरण गरिरहेका मनकारीहरूलाई भ्याइनभ्याइ थियो । बिहान १० बजेतिर घाम पनि टन्टलापुर थियो, सबै असिनपसिन । अध्ययन बीबीएस पहिलो वर्ष । शरीर ठिक्कको । ज्यानमा टिसर्ट र पाइन्ट, खुट्टामा जुत्ता उनेका छन् । पिठ्युँमा ब्याग । सामुन्नेमा भात मुछिरहेकाहरूभन्दा ठ्याम्मै अलग लाग्ने । जस्तो, उनी भोकको रापमा पिल्सिरहेको अरूको आँखा देख्दैनन् । सुरुमा भोक सहनु बाध्यता थियो, विस्तारै बानी बन्दै गयो, उनलाई यस्तै लाग्छ । वा, क्रूर समयले उनलाई यही सिकायो । प्लस टु पास गरेको हृष्टपुष्ट केटो भोकसँग पौठेजोरी खोज्दै सहरको चक्कर लगाइरहेको कटु यथार्थले राज्यले के देख्थ्यो ? यसको लेखाजोखाचाहिँ उनले गरेका छैनन्, सायद यसैगरी भौंतारिरहेका अरूले पनि गरेका छैनन् । तर, यी यस्ता पात्र हुन्, जसले कोरोना महाव्याधिका कारण गरिएको लकडाउन र निषेधाज्ञाले चौपट भएका यो सहरका आगन्तुक विद्यार्थीहरूको साझा व्यथाको प्रतिनिधित्व गर्छ । झन्डै एक घण्टा कुरा गरेपछि लाग्यो, यी किशोरको जीवनमा सबैभन्दा धेरै केही छ भने कष्ट, संकट र हन्डर छ । पढ्न नपाएपछि बालुवा र इँटा बोक्न थाले । खाएर अलि–अलि बच्थ्यो । कहिलेकाहीं काम नहुँदा मार्कसिट र नागरिकता बोकेर जब सेन्टर ध्याउँथे, चिने–जानेका सबैलाई फोन गरेर बिन्ती गर्थे । चार–पाँच महिना बित्यो, बालुवा बोक्नबाट छुट्कारा पाएनन् । बल्लतल्ल लेखापालको काम पाए, तलब जम्मा सात हजार । कोठा भाडा, गाडी भाडा, खाना खर्चमै ठिक्क । चामल किन्ने पैसासमेत हुन्थेन । अर्काको जागिरको भर नभएपछि उनलाई लागेछ, अब आफैं केही गर्ने । बडो अनुनयविनय गरेर साथीको मामासँग डेढ लाख ऋण लिए । बौद्धको कुमारीगालमा खाजा पसल खोले । यो थियो, गत माघको कुरा । यतिबेला नेपालमा कोरोना भाइरसको त्रास आइसकेको थियो । पसलमा ज्यान दिएर खट्ने, कमाइ गर्ने, पढ्ने, भाइबहिनीलाई पढाउने, बचेको पैसा घर पठाउने । यत्ति सपना थियो उनको । पहिलो महिना भाडा तिर्नै पुगेन, तैपनि हरेस खाएनन्, दोस्रो महिना घाटा कम भएको थियो । अब पसल उठ्ला जस्तो लागेको थियो, त्यही बेला कोरोना आतंक यता पनि आइपुग्यो । लकडाउनको हल्ला चल्यो, ग्यास पनि पाएनन् । पसल बन्द गरे, सिन्धुली घर गए, त्यसको केही दिनमा त लकडाउन भइहाल्यो । परिवारको छहारीमा त पुगे तर त्यहाँ आफ्नै व्यथा थियो । लकडाउनले गर्दा होटल सबै बन्द, फलेको तरकारी बारीमै कुहिन थाल्यो । बिहीबार उनका बुबा चित्रबहादुर माझीले फोनमा भने, ‘हिउँदको तरकारी शीतले खायो, बर्खाको लकडाउनले । कोही किन्न आएनन्, बारीमै खेर गयो ।’ हिउँदमा साढे दुई लाख नोक्सान भएको थियो, लकडाउनले साढे तीन लाख नास पार्‍यो । जबकि दस जनाको परिवार बाँच्ने एउटै आधार त्यही तरकारी थियो । एकातिर तरकारी खेर गएकाले घरमा चामल किन्नै धौ–धौ हुन थाल्यो, अर्कातिर काठमाडौंबाट घरबेटीले फोन गरेर हैरान । होटल र बस्ने गरी उनका दुई ठाउँमा कोठा थियो । ‘लकडाउन खुलेपछि आउँछु, जसरी पनि तिर्छु भन्थे तर घरबेटीले मान्दै–मानेनन्, बुबालाई पनि फोन गरेर सामान बाटोमा फालिदिन्छौं भनेर धम्काउन थाले,’ बुद्धिमानले पीडा पोखे, ‘त्यसपछि खुर्कोटबाट १५ सय भाडा बुझाएर काठमाडौं आएँ ।’ यहाँ आएपछि घरबेटीलाई ज्यामी काम गरेर भए पनि तिर्छु, केही दिन पर्खनु भन्दै बिन्ती गरे । दिउँसो देखे, गाली गर्थे, त्यसैले राति होटलको कोठामा थाहा नपाउने गरी जान्थे, मेचमा सुत्थे, सबेरै निस्कन्थे । उद्देश्य एउटै हुन्थ्यो, जसरी पनि काम खोज्ने । मार्कसिट र नागरिकता बोकेर जब सेन्टरमा ध्याए । आफूले चिनेकालाई फोन गरे । सबैको उत्तर एउटै हुन्थ्यो– ‘यस्तो बेला कहाँ जागिर पाउनु र?’ अझ जब सेन्टरमा त सुरुमा ३५ सयदेखि ५ हजारसम्म मागिन्थ्यो । यसरी छटपिटरहेका बेला साउन ३ गते चिनेको एउटा दाइले फोनमा भने– ‘ल भोलिबाट आइज, दिनमा ९ सय दिन्छु ।’ काम उही, बालुवा बोक्ने, इँटा बोक्ने । तैपनि उनलाई भोलि कहिले आउलाजस्तो भयो, पहिलो दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म काम गरे । भोलिपल्ट पनि ठाउँमा पुगे तर दाइ नै आएनन्, काम भएन । ‘दाइको आफ्नै भर रहेनछ, उहाँ नभई काम गर्न नपाइने । कहिले वर्षाले काम रोकिन्थ्यो,’ उनले सुनाए । तीन चार दिनमा एक दिन काम हुन थाल्यो, कहिले आधा दिन, कहिले त एक दुई घण्टा मात्र । पैसा पनि त्यहीअनुसार । यता होटलको साहुको म्यासेज आयो– ‘आज पैसा लिएर आएनौं भने सामान बाहिर फाल्छु ।’ पैसा थिएन, तैपनि आत्तिँदै पुगे । हात जोडे, भरमार गाली गरेपछि साहुजीले सामान निकाले भाडा नदिए हुने उर्दी जारी गरे । नजिकै एउटा कोठा भाडामा लिए, सामान सारे । त्यहीबेला उता, बस्ने गरेको कोठाको साहुजीले उनका बुबालाई फोन गरेर भनेछन्– ‘भाडा चार हजारबाट पाँच हजार पुग्यो । भाडा र पीसीआर टेस्ट गरेको रिपोर्ट लिएर मात्र यहाँ पठाउनु ।’ बुद्धिमानका अनुसार फागुनदेखि असोज ९एक महिनाको अग्रिमसम्म जोडेर घरबेटीले ४० हजार लिएर मात्र आउनु भनेका छन् । यत्रो पैसा कहाँबाट ल्याउनु ? त्यसैले उनी त्यहाँ गएकै छैनन् । ‘चाबहिलतिर ज्यामी काम गर्दा कोरोना संघर्ष समितिका मान्छेहरूसँग भेट भएको थियो, घरबेटीले भनेका सबै कुराहरू उहाँहरूलाई सुनाए तर केही गर्न सकिन्न भन्नुभयो,’ गलेको स्वरमा उनले भने, ‘म एक्लैले घरबेटीलाई के नै भन्न सक्थें र ?’

الفئة

عرض المزيد

تعليقات - 0