المدة الزمنية 9:15

मश्तिस्क पक्षाघातलाई हरायर काममा फर्केका युवाको सफलताको पिडादायी कथा | | Nepal Story Tv

بواسطة Nepali Story Tv
3 137 مشاهدة
0
107
تم نشره في 2020/11/09

सामान्य मानिसले समेत दाइने हातले लख्ने बानि देब्रे हातमा बसाल्न निक्कै कठिन छ । तर पोखराका एक टाटु आर्टिस्ट मस्तिष्क पक्षघात भयर दाइने हर नचल्ने भयपछी देब्रे हात मार्फत काम गर्ने बानि बसालेर उदाहरणिय कलाकारको उपमा पाईका छन् । मश्तिस्क पक्षाघातलाई हरायर काममा फर्केका ति युवाको सफलताको पिडादायी कथा कस्तो छ हेर्नुहोश । ट्याटु खोप्दै गरेका यि युवा पोखरा महानगरपालीका वडा नं ३३ बागमाराका रेशम थापा मगर हुन् । झट्ट हेर्दा तपाईंलाई पत्याउन मुस्किल पर्छ । उनि मस्तिष्क पक्षघात भएर आधा शरिर नचलेर बर्षौ थलियका ब्यक्ति हुन् भन्दा । सानै उमेरमा ट्याटु खोप्ने ब्यबसाय सुरुगरेका मगर लाई २०७० मा मस्तिष्क पक्षघात भयो र दायिने हर पुरै नचल्ने भयो । गरिव परिवारका एकमात्र भरोषा नै थलिय पछि उनि स्वयम र परिवारको खुशी खोसियको थियो । बाईट, परिवार र उनको दुबै तिन महिनाको अस्पताल बसाइँ पछि बोल्न र चल्न नसक्ने अवस्थामा घर फर्किय तर ठिक हुने त परको कुरा यसरी फेरी काममा फर्कने कल्पना समेत गरेका थियनन् परिवार र उनि स्वयमले । बिस्तारै शारीरिक कसरतले रेशम बाहिर भित्र हिढडुल गर्न सक्ने त भय तर काम गर्ने दाहिने हात चल्ने अवस्था थियन । सामान्य साइकल चलाउन सक्ने मात्र हुने भय पत्रिका बेचेर परिवार पाल्ने योजना थियो उनको । बाईट, रेशम थापा मगर भनिन्छ आत्म विस्वास जुनसुकै रोगको पनि सबैभन्दा ठुलो अौसधी हो । रेशमको जिवनमा पनि त्यस्तै भयो । दायिने हात नचलेर के भो त देब्रे हातले चित्र कोर्ने र ट्याटु खोप्न सिक्न थाले अनि पुरानै पेशामा लाग्न संकल्प गरे । अन्तत ४ वर्षको कडा मिहेनत र आत्मविस्वासबाट रेशम पुरानै पेशामा फर्किन सफल भय र पोखराको प्रमुख बजार पृथ्वी चोकमा ट्याटु स्टुडियो संचालन गरेका छन् उनले । रेशमको अहिलेको दैनिकी र उनले प्राप्त गरेको सफलता कहि कतै नदेखको र नसुनेको उनलाई चिन्नेहरु बताउछन् । जति ठुलो समस्या किन नआओस दृढ संकल्प र आत्मविश्वास छ भने त्यसलाई जितेर अघि बढ्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् पोखरा ३३ बागमाराका रेशम थापा मगर । #inspirationstory #NepalStoryTv #motivationalStory

الفئة

عرض المزيد

تعليقات - 11