المدة الزمنية 8:32

Exclusive Video - आखिर किन दिए नेप्सेका सीईओ चन्द्रसिंह साउदले आकस्मिक राजिनामा Chandra Singh Saud

بواسطة Arthasansar
4 710 مشاهدة
0
136
تم نشره في 2021/08/24

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजिनामा दिएका छन् । उनले अहिले साँझ ५ बजे नेप्सेको कार्यालयमा नै पत्रकार सम्मलेनको आयोजना गरेर राजिनामा दिएकाे जानकारी गराएका हुन् । उनको कार्यकाल आगामी असोज २२ गते सकिँदै थियाे । अर्थ समितिले सर्वोत्तम सिमेन्टको खरिद प्रकरणमा नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष, भिष्मराज ढुङ्गाना र नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साँउदलाई कारबाहिको सिफारिस गरेको थियो । अर्थ समितिले अर्थ मन्त्री र अर्थमन्त्रालयका सचिवसँग गरेको छलफलमा सहभागि सांसदहरुले नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, सञ्चालक चन्द्र ढकाल र नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साँउदलाई तत्कालन निलम्बन गरी सत्य तथ्य छानबिनको माग गरेका थिए । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले यस विषयमा विज्ञ सहित राखेर ५ सदस्यीय छानविन समिति बनाईएको र समितिले छानविन गरिरहेको र यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र छानविन समितिको प्रतिवेदन आएपछि कारवाही गरिने बताएका थिए । "नेप्सेमा सुचिकृत नभइसकेका कम्पनीको सेयर किन्नु नेपालको प्रचलित कानून बमोजिम गैर कानुनी नहसने भएतापनी प्रश्न चिन्ह उठेकाले अर्थमन्त्रालयलाई अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा पदबाट राजिनामा दिनएको हु" साँवदले भने । #nepse #nepalstockexchange #arthasansar Don't Forget to subscribe to our youtube channel:/channel/UCXFEU7GQRL1aSNxoWRqCTxw For More About Us: Follow us on Facebook: https://www.facebook.com/arthasansar Twitter: https://twitter.com/arthasansar Linked In: https://www.linkedin.com/in/arthasansar Instagram: https://www.instagram.com/arthasansar/ Website: www.arthasansar.com Email: sansarartha@gmail.com Phone: +9779801147096/01-5242094 © & P Kusum Media Creation Pvt Ltd Kusum Media Creation Pvt Ltd. Is Authorized To Upload This video.Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the YouTube Channel is allowed). Thank You.

الفئة

عرض المزيد

تعليقات - 51