المدة الزمنية 4:56

हिल तराई प्राथमिक शिक्षक संगठनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई दिने भयो सहयोग

بواسطة Darjeeling Express
78 مشاهدة
0
3
تم نشره في 2021/09/18

#हिल तराई प्राथमिक शिक्षक संगठनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई दिने भयो सहयोग #प्राथमिक शिक्षा अनि शिक्षाहरूको समस्या अनि समाधानको अध्ययन गर्न बनायो ११ सदस्यीय एक्सपर्ट समिति हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रीय समितिको  आज रंगबुल सार्वजनिक भवनमा सभा बस्यो। सभामा दार्जीलिङ अनि कालेबुङ जिल्लाका सबै सर्कलका प्रतिनिधिहरूको उपस्थिति रह्यो। बैठक पश्चात एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनका केन्द्रीय सचिव पूर्ण बहादुर राईले जानकारी दिँदै सभामा पारित भएका निर्णयहरु विषय बोल्दै भने, १. आज देखि उता संगठनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई सहयोग गर्नेछ। २. पहाडको शिक्षा व्यवस्था अनि प्राथमिक शिक्षकहरूको जति पनि समस्याहरू छ ती सबैलाई अध्ययन गर्न एउटा एक्सपर्ट समिति गठन गरियो। यो एक्सपर्ट समितिले अध्ययन पश्चात एउटा पुस्तिका नै प्रकाशन गर्नेछ। यो अध्ययनले केवल समस्या देखाउनु मात्र नभएर समस्याको समाधानको पनि सुझाव राख्नेछ। यही अध्ययन गरिएको पुस्तिकालाई एउटा ज्ञापन पत्र बनाएर पार्टी अनि सरकार समक्ष चडाउनेछौ। ३. अध्ययनको निम्ति एक्सपर्ट समितिमा निम्न व्यक्तिहरू सामेल गरिएको छ, १. रुपम मणि प्रधान, सचिव, जिल्ला समिति, कालेबुङ २. एन के राणा, अध्यक्ष, जिल्ला समिति कालेबुङ ३. सोम बहादुर गुरुङ, सिञ्जी निम्बोङ ४. सोम कुमार गुरुङ, जलढका ५. केसाङ लामा, मिरिक ६. विशाल शर्मा, खरसाङ ७. सुरेन थिङ, दार्जीलिङ ८. शिशिर राई, दार्जिलिङ ९.  महेश प्रधान, दार्जिलिङ #संगठनको मागहरु ४. जी टी ए बोर्ड अफ प्राइमरी एजुकेसनको गठन हुनु पर्छ। यो बोर्ड गठन भए पश्चात  डिष्ट्रिक्ट प्राइमरी स्कूल काउन्सिल अलग अलग दार्जिलिङ, कालेबुङ, खरसाङ अनि मिरिकमा स्थापना भएको हुनु पर्छ। ५.  प्राथमिक शिक्षकहरूको पि एफ पेन्सन अनलाइन हुनु पर्छ। ६. प्राथमिक शिक्षकहरूको दीर्घकालीन मांग जस अनुसार दार्जीलिङको हर्मन सर्कल, खरसाङको तिन्धारे सर्कल, कालेबुङको सिञ्जी निम्बोङ सर्कल, गोरुबथानको जलढका सर्कल अनि कालेबुङ २ को पेदोङ सर्कललाई सर्कलको अफिसियल स्टाटस पाउनु पर्छ। प्राथमिक शिक्षकहरूको समस्या अनि मांगहरुको समाधान अनि सुनवाई होस भनि आज देखि हिल तराई प्राथमिक शिक्षक संगठनले नव गठित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई सहयोग गर्ने निर्णय लिएको छ।

الفئة

عرض المزيد

تعليقات - 0