भैरहवा, कपिलवस्तु, बाँकेमा पनि मूल सीमा नाकामा सावधानी अपनाउँदै खुला आवागमनलाई व्यवस्थित बनाइए पनि साना नाका र दशगजाबाट निर्बाध ओहोरदोहोर रोकिएको छैन ।कति मानिसहरु आए, तिनमा कति संक्रमित छन् । उनीहरु कुन पालिकामा गए अत्तो पत्तो नहुँदा भारतको कोरोनाको सुनामी हेरिरहेका नेपालीले घर भित्रै कोरोना भित्रिसकेको भेउ पाईसकेका छैनन् । प्रदेश एक र दुईका नाकाहरुमा पनि अवस्था उस्तै छ । मुख्य नाकाहरुमा स्थानीय सरकारहरुले निगरानी गरिएको जनाएपनि अवैध नाकाबाट निर्वाध मानिसहरु आइरहेका छन् । र उनीहरु सिधै गाउ पसिरहेका छन्, न कोरोना परीक्षण न क्वारेन्टिन । यहाँ सरकार र सरोकारवाला जति गैरजिम्मेवार बनिरहेका छन् त्यतिनै गैरजिम्मेवार नागरिक समेत बनेका छन् । कम्तिमा नागरिकले आफू सचेत र सावधान बनेर आफू संक्रमणको जोखिममा देखिए अनिवार्य परीक्षण गरे संक्रमणको फैलावट रोकिनेमा कुनै शंका छैन । तर विद्यमान परिस्थितिले कोरोनारुपमा सल्किएको भुसको आगोले गाँउ छिचोलिसकेको छ । नेपालमा अहिले गत वर्षको तुलनामा तिव्र संक्रमण फैलिएको छ ।
For latest news visit https://nepaltimes.net/
For advertisements e-mail us at nepaltimes45@gmail.com
For News contact us on newsnepaltimes@gmail.com
Follow us on Instagram: https://www.instagram.com/nepaltimesnews/
Like The Nepaltimes on Facebook: https://www.facebook.com/nepaltimesnwews/
Produced By: NepalTimes Private Limited
News Edited By : NepalTimes
Presented By : Ranjita Pokharel
Video Edited By : Kusal Kattel
#NepalTimes #Nepal-India_border #संक्रमण_गाउँ_पस्यो
About Nepal Times :
Nepal Times is the biggest online national-level media house from Eastern Nepal. And also it is the first online television from province no. 1