المدة الزمنية 19:16

विदेशबाट फर्किएर कृषिमा टेवा दिँदै युवाहरु | | डेढ करोडको लगानीमा पोखरा हेमजामा कालिज फार्म

بواسطة Light News
1 666 مشاهدة
0
80
تم نشره في 2020/09/06

हेमजा डिलबारी, कास्कीमा अवस्थित हेमजा डिलबारी कृषि फर्ममा लगभग डेढ करोडको लगानीमा कालिज पालन सुरु गरिएको छ । करिब डेढ करोडको लगानीमा सुरु गरिएको फर्मका सन्चालकहरु भरत थापा, राजेन्द्र थापा र रामचन्द्र थापा हुनुहुन्छ । २१ वर्षको युरोप बसाईपछि पोखरा–२५का भरत थापाले नेपालमै कृषिमा केही गरि आफ्नो जन्मथलोलाई एग्रो टुरिज्मको रुपमा बिकास गर्ने लक्ष्य लिनुभयो । त्यसपछि उहाँलाई उहाँकै भाई राजेन्द्र थापा र भान्जा रामचन्द्र थापाले साथ दिनुभयो । ६ महिना अघि सुरु गरिएको फर्म १२ रोपनी जग्गामा फैलिएको छ । यहाँ कालिज पालनसहित, कडकनाथ जातका कुखुरा, टमाटर, धनिया, काउली लगायत अन्य तरकारी खेतीसमेत गरिएको छ । प्राकृतिक सुन्दरताले भरिएको र राम्रो दृष्यहरु समेत देखिने स्थानमा भएकोले भविष्यमा रेष्टुरेण्ट खोल्ने र एग्रो टुरिज्ममा टेवा दिने सपना रहेको बताउनुहुन्छ, भरत थापा। राजेन्द्रसँग केही समय कतार बसेर आएको र हेमजामै कुखरा पालन गरेको अनुभव छ भने रामचन्द्र पनि कोरियाबाट फर्केर आउनुभएको हो। बाँझो खेत र भिरालो खाली रहेको जमिनमा उब्जनी गरेर उदाहरणीय बनेको यस परिवारलाई चारैतिरबाट हौसला प्राप्त भएको छ । थप जानकारीका लागि सम्पर्कः भरत थापाः-9856073078 राजेन्द्र थापाः-9846163534 रामचन्द्र थापाः-9846267758 FOR MORE INFORMATION FOR ANY NEWS, EVENTS, PROGRAMS VIDEO COVERAGE CONTACT US AT EMAIL: lightnews4all@gmail.com Facebook: https://www.facebook.com/search/top/?q=light%20news Subas B.K :- 9805863565 Sujan Chhetri :- 9841054231 Bikesh Tamang :-9824185959 ABOUT GIVEN VIDEO:- PRESENTATION: SUBAS B.K EDIT: SUJAN CHHETRI CAMERA: BIKESH TAMANG #KALIJ#POKHARA#LIGHTNEWS#

الفئة

عرض المزيد

تعليقات - 5