#पत्नी_पीडा_धर्मपोखरेल_तारानाथभण्डारी_नेपालीछन्दकविता
पत्नी पीडा (कसैको जीवनसँग मेल खाएमा माफी चाहन्छु)
ऊ जान्न कार्यालय ढङ्ग छैन
बेकाम बस्छे तर दङ्ग छैन
यताउताका गफ चुट्न जान्ने
पत्नी भनेको परिछे नमान्ने
हेर्छे टिभीमा चलचित्र मात्र
देख्छे हिरो मात्र सदा सुपात्र
सताउने नाटक प्रेम ठान्ने
पत्नी भनेको परिछे नमान्ने
जाऊँ भन्यो मन्दिर जान्न भन्छे
खाऊ भन्यो जे छ म खान्न भन्छे
छ पोइलाई त धुलो नठान्ने
पत्नी भनेको परिछे नमान्ने
धोऊ लुगा भन्छ म धुन्न भन्छे
खाना पकाऊ न त हुन्न भन्छे
छुच्ची मुखाले अति स्वाङ जान्ने
पत्नी भनेको परिछे नमान्ने
भाँडा जुठा माझ्दिनँ माझ भन्छे
व्यर्थै छिमेकीसित बाझ भन्छे
लिएर भाला मुटु छेद हान्ने
पत्नी भनेको परिछे नमान्ने
तिम्रो र मेरो अधिकार एक
हाँसो खुसी कर्म, दया, विवेक
बाङ्गा कुरा तर्क असाध्य जान्ने
पत्नी भनेको परिछे नमान्ने
समान भन्छ्यौ तर छैन माया
तिम्रै हुँ के जीवनको म छाया
भन्दै छ लोग्ने अपमान ठान्ने
पत्नी भनेको परिछे नमान्ने
चक्का दुई भै रथ एक जुट्छ
गुड्दैन पाङ्ग्रो जब एक टुट्छ
त्यो जिन्दगीको रथ नै नधान्ने
पत्नी भनेको परिछे नमान्ने
खाना छ खाओस् त्यसमा छ ढुङ्गो
खाना नखाओस् न छ बाँच्न टुङ्गो
ढुङ्गा, बियाँ, चामल क्यै नछान्ने
पत्नी भनेको परिछे नमान्ने
भूकम्पको कम्पनझै छ प्यार
हल्लिन्छ भत्किन्छ नि बारबार
सन्तान छन् झन् म हुँ वीर ठान्ने
पत्नी भनेको परिछे नमान्ने ।।
धर्म पोखरेल - ललितपुर