المدة الزمنية 2:28

क्रस बोयर बाख्रापालन तिलचन भुषाल गल्याङ नगरपालिका वडा नं ५, हुक्तुम, स्याङ्जा

بواسطة Sushil Aryal
857 مشاهدة
0
33
تم نشره في 2021/07/24

स्याङ्गजामा बोयर जातको ब्राखापालन फस्टाउँदै गएको छ । किसानले नश्ल सुधारका लागि बोयर बोका किन्न थालेका छन् । किसानको लगानी बढेसँगै बजार व्यवस्थापन तथा नश्ल सुधारका लागि थप अनुसन्धानमा पनि सरकारी ध्यान जान थालेको छ। स्याङ्गजा गल्याङ नगरपालिका ५ हुक्तुमका तिलचन भुषालले अघिल्लो बर्ष दुर्गादेवी स्वरोजगार कृषि तथा पशुपालन फर्म स्थापना गरी क्रस बोयर ब्राखा पालन शुरु गरे । त्यसभन्दा अगाडि उनले स्थानीय जातको खरी बाख्रा पालन गर्दथे । खरी भन्दा तीन गुणा बढी फाइदा दिन थालेपछि उनी बोयरतर्फ लागेका हुन् । ६ महिनाको क्रस बोयर जातको पाठापाठी २० हजार रुपैयाँ हाराहारीमा बिक्री गर्दै आएका छन्, भुषालले । माग अत्यधिक भएपनि दाना र घाासको अभावले भने केही समस्या छ । खरी बाख्रासंग बोयरको क्रस गरेर स्थानीय जातको बाख्रा जोगाउने, बोयरको नश्ल सुधार गर्ने र छैटौं पुस्तासम्म हाडानाता प्रजनन् रोक्न छुट्टाछुट्टै खोरमा बोयरलाई राख्न थालिएको छ । नश्ल सुधार नभएको बोयरबाट राम्रो उत्पादन हुँदैन । सरकारले अनुदानसँगै घाास उत्पादन, प्रविधि र उपकरणमा जोडदिन सके किसानले अझ धेरै लाभ लिन सक्छन् ।

الفئة

عرض المزيد

تعليقات - 4